झापा गाउँपालिकाका अध्यक्षसहित ११ जनाविरुद्ध भष्टाचार मुद्दा

२०८० असार २७, बुधबार

काठमाडौँ : झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिका अध्यक्षसहितका ११ जनाले गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जनाएका छन् ।

जिल्ला झापा, झापा गाउँपालिकास्थित लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ कि.मि.बाटो बनाउन अनुगमन नगरी झुट्ठा बिल भर्पाई र गलत कार्यसम्पन्न प्रतिवेदन तयार गरी २२ लाख नौ हजार ८२३ रुपैयाँ बढी भुक्तानी दिएको आयोगले जनाएको छ ।

आयोगले दायर झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत चोलराज दंगाल, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्ष समेत ११ जना विरुद्ध मुद्दा चलाएको हो । आरोपीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र सजाय गर्न आयोगले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार