प्रहरीको आँखामा खुसार्नी छरेर भाजपा नेताको हत्या आरोपी ग्याङ्ग्स्टरको हत्या

२०८० असार २७, बुधबार

राजस्थान : भारतीय जनता पार्टी  (भाजपा) का नेता कृपाल सिङको हत्याका आरोपी ग्याङ्ग्स्टर कुलदीप जघिनालाई प्रहरीको घेराबीचमा गोली हानेर हत्या गरिएको छ ।

राजस्थानको भरतपुरमा यो घटना भएको हो । जघीनालाई जेलबाट भारतपुर लैजाँदै गर्दा आक्रमण भएको थियो ।आक्रमणकारीले पहिले प्रहरीमाथि खुसार्नीको घुलो फालेका थिए, त्यसपछि अमोली टोल प्लाजा नजिकै जघिनामाथि गोली प्रहार भएको थियो ।

गत सेप्टेम्बर ४ मा जघिनाले भाजपा नेता सिंहलाई कारमा घर फर्किँदै गरेको बेला अन्य चार जनासँग मिलेर गोली हानेर हत्या गरेका थिए । राति उनको कारलाई मोटरसाइकलमा सवार आक्रमणकारीले घेरेर गोली प्रहार गरेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको छ । घटनाको केही दिनपछि नै प्रहरीले जघिना र उनका सहयोगलाई महाराष्ट्रको कोहलपुरबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार