पललाई सुझाव : रत्नाकर बाट बाल्मिकी बन्नु

२०८० असार २७, बुधबार

काठमाडौँ : कुनै समय पललाई रियल हिरो मान्नेको कमी थिएन। जय जयकार जस्तै थियो उनको। तर समयले कोल्टे फेर्‍यो। नाबालिका गायिका बलात्कात मुद्दामा जेलपरे पछि उनलाई मानिसहरुले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ। उनी हाल सफाइ पाएर जेलमुक्त भएका छन् तर उनको निर्दोषिता ती नाबालिका गायिकाको क्षमा भएकाले प्राविधिकमात्र हो भन्ने धेरैको बुझाइ छ।

जेलबाट रिहाभएयता पहिलेझै हुन खोजिरहेका पलका लागि त्यो परिस्थिति अहिले छेन।

कान्तिपुर टेलिभिजनमा हालै प्रसारित एक कार्यक्रममा पुगेका पलले सो कार्यक्रम सार्वजनिक भएपछि राम्रै आलोचना खेपे। आलोचना भएपछि सफाइ दिने प्रयास स्वरुप निधारमा बलात्कारी लेखेर देरश छाडौं कि रत्नपार्कमा गएर आर्मदाह गरौं भन्ने भनाइसहितको लामो स्टाटस पनि लेखे तर यसबाट पनि उनले आलोचना नै धेरै पाए।

त्यसैले अहिले पललाई अहिले न हाँस्दा सुख छ न रुदा न त आक्रोश हुँदा नै । उनी अहिले जे बोल्छन् विवादित बनिहाल्छ। यस्तोमा पललाई चुप वस्नु नै ठिक देखिएको छ । पलका केहि समर्थकले उनको साथ दिएपनि केहिले निकै विरोध गरिरहेका छन् ।

यस्तोमा हास्यकलाकार दिपकराज गिरीले पललाई संकेत गर्दै फेसबुकमा हिजो तिमीलाई भगवान बनाएको पनि देखियो। आज हेर्दा हेर्दै राक्षस भयौ साथी। त्यसैले बिश्वास छैन मलाइ यो फ़ेसबुके गाली र प्रशंसा माथि’ भनेर पोस्ट गरेका छन्।

त्यसैगरी चर्चित गीतकार, पुराना स्रस्टा तथा रचनाकार राजेन्द्र थापाले पललाई यो सबै गरेर सहानुभूति लिनु भन्दा पनि अन्य कुरा गर्नु भन्दै सुझाव दिएका छन्

पल ले निधारमा फलानो थोक डामेर देश छाडुं कि मरुं भनेर सहानुभूति जगाउने यस्ता कुरा गर्नु भन्दा उत्तम उपाय

(१) सबैलाई थाहा छ के भएको भनेर । सबैलाई थाहा छ पिडितले उद्धार गरेको । माथ्लो अदालतमा कुनै पनि नागरिकले दायर गर्नसक्छ फौजदारी क्रिमिनल बिषय परेकोले । पिडिताले होइन भने पनि जिल्ला अदालतले निज स्वयमले सकारेको तथा सिसिटिभीले मध्यरातमा नावालिक को कोठामा बलात पसेको प्रमाणितको कारणमा यौन उत्पिडनमा अपराधि करार गरेको अकाट्य हुन्छ सर्बोच्चमा ।

2) तसर्थ यस्ता बकमफुसे स्टन्टबाजी emotional blackmailing र कमेडी प्रहसन या तत् विषयमा सफाई या कुनैपनि कुराको हिरोपन्थी नगरेर चुपचाप काम गरेर बसे कसैले पनि कोट्याउंदैन ।

तर आफ्नो प्रमाणपत्र या विवाद निकालिरहेमा अब जनता बहुलाउन सक्छ ढुङ्गामुढा या फिल्म बहिष्कार पनि हुनसक्छ । किनभने कुपथ खाने पिडक समर्थक

भन्दा भात खाने नेपाली महिला र पुरुष अझै बांकी छन् यो जानकी र पार्वती भूमीमा ।

लासहरुबिच चेत भएकाहरु अझै बांकी छन् ।

तसर्थ पल शाह चुपचाप बस धेरै नचलाऊ अरिङ्गालको गोलामा . Past is bygone pal. माफी पाइसकेऊ पिडितबाटै मायाको नाउमा ।

बरु प्रायश्चितको रुपमा पिडित महिला हरुलाई उद्धार सीप पुनर्जिवनको क्याम्पेनको नेतृत्व गर । बाल्मीकी बनेका थिए रत्नाकर ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार