मेयर शाहले गरे सिता दाहालप्रति श्रद्धाञ्जली अर्पण

२०८० असार २७, बुधबार

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी आमा सिता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

बुधबारबा सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै मेयर दाहालसहित शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् ।

मेयर शाहले लेखेका छन्,’सम्माननीय प्रधानमन्त्री समेत रहनु भएका तपाईँका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईँले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु ।’

६९ वर्षीय सीता दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार