कोशी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको आदेश

२०८० असार २७, बुधबार

काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ ।

बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको छ ।

सभामुख बाबुराम गौतमको समेत समर्थनबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेले उक्त नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दिएको थियो ।

सर्वोच्चले यो रिटमा थापाले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्दा बुझाएका प्रदेशसभा सदस्यहरुको समर्थन, दाबी, हस्ताक्षर लगायतका कागजात र प्रदेश प्रमुख परशुराम खापुङले गरेको नियुक्तिको निर्णयको सक्कल साउन ३ गतेभित्र झिकाउन आदेश दिएको छ । त्यसपछि ७ गते पेशी तोक्न र निरन्तर सुनुवाइ गर्न पनि आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार