भुवन केसीविरुद्धको मुद्दा जितेपछि साम्रागीले भावुक हुँदै भनिन्, ‘अब बल्ल श्वास फेर्न पाउँछु’

२०८० असार २७, बुधबार

काठमाडौँ : अभिनेता भुवन केसीले १० करोड क्षतिपूर्ति माग गर्दै आफूविरुद्ध दायर गरेको गाली बेइज्जती सम्बन्धी मुद्दा जितेपछि नायिका सामाग्री राज्यलक्ष्मी शाहले अब बल्ल आफूले श्वास फेर्न पाउने बताएकी छन् ।

काठमाडौँ जिल्ला अदालतले केसीले दायर गरेको मुद्दामा दाबी नपुगेको ठहर गरेको हो । मुद्दा जितेसँगै भावुक हुँदै सामाजिक सञ्जालमा आफ्नो कुरा राख्न आएकी शाहले अब आफ्नो जीवनको नयाँ अध्याय सुरु भएको भन्दै आफूलाई यस कठिन घडीमा साथ दिने सबैलाई धन्यवाद दिएकी छिन् ।

मुद्दा लड्दाको तीन वर्षको अनुभव साझा गर्दा उनी भक्कानिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार