मातृशोकमा परेकी मेयर रेणु दाहाललाई बालेनले दिए समवेदना

२०८० असार २७, बुधबार

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मातृशोकमा परेकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई समवेदना दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले समवेदना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवनसंगीनी तथा रेणुकी आमा सीता दाहालको आज नर्भिक अस्पतालमा निधन भएको थियो ।

बालेनले परिवारको अभिभावकत्व ग्रहण गर्दै प्रधानमन्त्री पितासहित सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस भन्ने कामना गरेका छन् । साथै उनले स्वर्गीय सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार