आज यी जिल्लामा बाढीको जोखिम

२०८० असार २८, बिहीबार

काठमाडौं : आज र भोलि कन्काई, कोसी, वाग्मती र यसका सहायक नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ । केही साना सहायक नदीहरूमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली, मकवानपुर, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, गोरखा र लमजुङ भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । यी जिल्ला भई बहने केही नदीमा आकस्मिक बाढीको जोखिम हुन सक्ने महाशाखाको पूर्वानुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार