सीता दाहालको निधनप्रति चिनियाँ कम्युनिस्ट पार्टीद्वारा दुःख व्यक्त

२०८० असार २८, बिहीबार

काठमाडौँ : चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेको छ । सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले शोक मन्तव्य जारी गर्दै दाहालको निधनबाट शोकसन्तप्त परिवारलाई समवेदना प्रकट गरेका हुन् ।

सीता दाहालले माओवादी केन्द्रमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र चीनको निमन्त्रणामा भएको द्विपक्षीय छलफलमा उनको सहभागिता रहेको भन्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो । यस कठिन घडीमा नेपालको राष्ट्रिय विकासमा नेतृत्व गर्नका लागि प्रधानमन्त्री दाहालको दृढशक्तिको कामना समेत गरेको छ ।

दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सनजस्तो गम्भीर रोगबाट ग्रसित थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार