पञ्जाबमा आगलागी हुँदा १० जनाको मृत्यु

२०८० असार २८, बिहीबार

पञ्जाब : पाकिस्तानको पञ्जाब राज्यमा एउटा तीन तले घरमा बुधबार आगलागी हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहानै पञ्जाबको राजधानी शहर लाहोरमा आगलागी हुँदा परिवारका सबै सदस्य घरभित्र फसेका स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी जानकारी गराएका छन् ।

प्रहरीका अनुसार पीडित सबैजना घरको पछाडिको कोठामा थुनिएका र आगलागीबाट घर पूर्णतया ध्वस्त हुँदासमेत उम्किने मौका नपाएका हुन् । मृत्यु हुनेमा सात महिला र दुई बालबालिका रहेका प्रहरी रिपोर्टहरूमा उल्लेख छ । प्रहरीले आगलागीको कारणबारे अनुसन्धान शुरू गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार