नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १ जना पक्राउ

२०८० असार २८, बिहीबार

काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा थप १ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौंको असन घर भइ नयाँबजार खुसिबु बस्ने ५९ वर्षीय केशव तुलाधरलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार केशवले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै रकम असुली गरेर ठगी गरेको भन्दै तुलाधरविरुद्ध गजेन्द्र बुढाथोकी लगायत पीडितले जाहेरी दिएका छन्। पक्राउ परेका तुलाधरमाथि थप अनुसन्धानसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार