शितल निवासमा चौतारो बनाइने, राष्ट्रपति पौडेलले रोपे बर-पिपल

२०८० असार २८, बिहीबार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले चौतारो र पोखरी निर्माण शुभारम्भ गरेका छन्।

बिहीबार शितल निवासमा राष्ट्रपति पौडेलले चौतारो र पोखरी निर्माण शुभारम्भ गरेका हुन्। राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय परिसरभित्र बर-पिपल सारेका हुन्। अब त्यहाँ चौतारो बनाइनेछ।

राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पौडेलले चौतारो र पोखरी निर्माण गर्न निर्देशन दिएका थिए। सोही योजनाअनुसार राष्ट्रपति पौडेलले पूजाअर्चना गरेर बर-पिपल सारेका हुन्।


राष्ट्रपति भवनको पश्चिमतिर भागमा चौतारो निर्माण गर्न बर-पिपल सारिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। चौतारोभन्दा केही पर पोखरी निर्माण गर्ने तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार