साम्बाको गोलपछि नेपालले बंगलादेशलाई बराबरीमा रोक्यो

२०८० असार २८, बिहीबार

काठमाडौँ : नेपालको महिला राष्ट्रिय फुटबल टोलीले बिहीबार खेलिएको मैत्रीपूर्ण खेलमा घरेलु टोली बंगलादेशलाई १—१ गोलको बराबरीमा रोकेको छ । प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले इन्जुरी समयमा गोल गर्दै नेपाललाई सम्भावित पराजयबाट जोगाएकी थिइन् । 

बंगलादेशमा बिहीबार पहिलो मैत्रीपूर्ण खेल भएको हो । खेलको ६५औं मिनेटमा सविना खातुनको गोलबाट बंगलादेशले अग्रता लिएको थियो । पराजयतर्फ उन्मुख देखिएको नेपाली टोलीलाई अन्तिम समयमा भण्डारीले राहत दिएकी थिइन् । 

उनले इन्जुरी समयमा गोल गर्दै नेपाललाई बराबरीको नतिजा दिलाएकी हुन् । नेपालले दोस्रो मैत्रीपूर्ण खेल आइतबार खेल्नेछ । भण्डारी लामो समयपछि मैदानमा फर्किएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार