जनकपुर चुरोट कारखाना चल्ने सम्भावना छैन : उद्योगमन्त्री रिजाल

२०८० असार २८, बिहीबार

काठमाडौँ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जनकपुर चुरोट कारखाना चल्ने सम्भावना नभएको बताएका छन् । बिहीवार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेट माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताएका हुन् ।

उनले रुग्ण उद्योग सञ्चालन गर्ने विषयमा बहस भएरहेको अवस्थामा उद्योग मन्त्री रिजालले जनकपुर चुरोट कारखाना चल्ने कुनै सम्भावना नदेखेको बताए । उले अन्य रुग्न उद्योगहरु सञ्चालन मोडालिटि सम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयको निजीकरण एकाईमा पेस गरिएको बताए ।

उनले भने, ‘जनकपुर चुरोट कारखाना चल्ने मैले कुनै सम्भावना देखेको छैन । अन्य रुग्ण उद्योगको विषयमा नेपाल म्याग्नेसाइट प्रालिलगायत बन्द तथा रुग्ण उद्योग सञ्चालनको मोडालिटीसम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयको निजीकरण एकाइमा पेस गरिएको छ । यो निर्णय भएअनुसार काम हुने विश्वास दिलाउन चाहन्छु ।’

उनले रुग्ण उद्योग सञ्चालन गर्ने विषयमा सरकारले गरेको निर्णय अनुसार काम हुने विश्वास दिलाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार