नेसनल हाइड्रोपावरको आजबाट हकप्रद सेयर बिक्री खुला

२०८० असार २९, शुक्रबार

काठमाडौं : नेसनल हाइड्रोपावरले आज शुक्रबार असार २९ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको छ।

यसले ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो। यस अनुसार नेसनलको ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन खुला भएको छ।

यस हकप्रद सेयरका लागि कम्पनीले असार १ गते बुक क्लोज गरिसकेको छ। जेठ ३२ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर भर्न पाउने छन् । यस हकप्रद सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ।

यो हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल बी प्लस रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम अवस्थामा रहेको संकेत गर्दछ। मुक्तिनाथ क्यापिटलले यसमा बिक्री प्रबन्धकको काम गरेको छ।

मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी, विराटनगर, जनकपुर र लमजुङ शाख कार्यालयबाट यसमा आवेदन दिन सकिन्छ।

धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत पनि आवेदन दिन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार