सशस्त्र प्रहरीका १६१ डीएसपीको सरुवा

२०८० असार २९, शुक्रबार

काठमाडौं : सशस्त्र प्रहरी बल नेपालले १६१ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

सशस्त्रले आर्थिक वर्ष २०८०/०८१ का लागि गुल्म तथा स्कूलको कमाण्डको सरुवा गरेको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले जानकारी दिए ।

संगठनले अख्तियार गरेको सरुवा पूर्वानुमान सूचीअनुसार शतप्रतिशत सरुवा गरिएको जनाइएको छ । विगतमा सीमा ईलाकामा धेरै बसिसकेका डीएसपीहरूलाई सीमा बाहेकका युनिटमा सरुवा गरिएको प्रवक्ता खड्काले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
1
+1
0

ताजा समाचार