मोरङ कारागारमा कैदीबन्दीको मृत्यु

२०८० असार २९, शुक्रबार

विराटनगर : जिल्ला कारागार मोरङमा पूर्पक्षका लागि थुनामा रहेका एक जना कैदीबन्दीको मृत्यु भएको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका-३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको हो । उनी कर्तव्य ज्यान मुद्दामा पूर्पक्षका लागि कारागारमा थिए । जेलर कृष्ण खड्काका अनुसार बिरामी परेका उनलाई बिहिबार कोशी अस्पताल लगिएको थियो । अस्पतालले बिहान करिब १० बजे मृत घोषित गरेको थियो।

कर्तव्य ज्यान मुद्दामा दमाईलाई जिल्ला अदालत मोरङले बैशाख ७ गते पूर्पक्षका लागि कारागार चलान गरेको थियो ।३०० क्षमता रहेको कारागारमा एक हजार ५२ जना कैदीबन्दी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार