सुनको मूल्य बढ्यो

२०८० असार २९, शुक्रबार

काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ।

बिहीबार प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेको हो। बिहीबार चाँदी प्रति तोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार