लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि सुरू

२०८० असार २९, शुक्रबार

काठमाडौं : लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर आज (शुक्रबार) देखि एकीकृत कारोबार सुरू भएको छ। दुवै एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको छ। दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो।

दुवै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए। यस्तै, नेपाल राष्ट्र बैंकले असार २२ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो। मर्जरपछि बन्ने बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा रहने बताइएको छ।

दुवै बैंक समान हैसियत अर्थात् १:१ को स्वाप रेसियोमा मर्जरमा गएका हुन्। यसर्थ लक्ष्मी बैंक वा सनराइज बैंकको १०/१० कित्ता सेयर हुनेको मर्जरपछि बन्ने बैंकको पनि १० कित्ता सेयर नै हुनेछ।हाल लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ र सनराइज बैंकको चुक्ता पुँजी १० अर्ब ११ करोड रुपैयाँ छ। दुई बैंक एक भएपछि चुक्ता पुँजी २१ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार