रास्वपालेराष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने

२०८० असार २९, शुक्रबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य थप्ने भएको छ । विधान अनुसार १२१ जना हुनुपर्ने केन्द्रीय समितिमा ३९ जना छन् । थप हुने केन्द्रीय सदस्यमा सांसद रहेकाहरु प्राथमिकतामा पर्ने भएका छन् । महामन्त्री मुकुल ढकालका अनुसार केन्द्रीय सदस्य थप्ने बारे कुरा भइरहेको बताए ।

आगामी केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्यको संख्या थप्ने एजेण्डा पनि लगिने भएको छ । केन्द्रीय समितिमा छलफलमा लानु अघि टुंगिनुपर्ने विषयहरुमा काम भइरहेको ढकालले जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा पार्टीको दस्तावेज पनि प्रस्तुत गर्ने तयारी गरिएको छ । त्यसका लागि १७ जनाको टोलीले काम गरिरहेको छ । रास्वपाले मंसिरबाट पहिलो महाधिवेशनको प्रक्रिया सुरु गर्ने भएको छ । केन्द्रीय समिति बैठक साउन बोलाउने तयारी गरिएपनि दिन भने तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार