भारतद्वारा चामल निर्यातमा रोक

२०८० श्रावण ४, बिहीबार

काठमाडौं : भारतले चामल निर्यातमा रोक लगाएको छ । आफ्नो निर्यात नीतिमा संशोधन गर्दै भारतले आजैदेखि लागु हुने गरी  चामल निर्यातमा रोक लगाएको हो । तर, निर्यातका लागि लोड भइसकेको चामलमा प्रतिबन्ध लगाइएको छैन ।

सूचनामा भनिएको छ, “गैर–बासमती सेतो चामलको निकासीमा प्रतिबन्ध लगाइएको छ । यो सूचना भन्दा अगाडि नै निर्यातका लागि लोड भएका चामलको निकासी हुन्छ ।”

भारतीय बजारमा चामल मूल्य अत्यधिक बढेपछि निर्यातमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय बजारमा पछिल्लो १० दिनमा मात्र चामलको मूल्य १० प्रतिशतले बढेको छ ।

भारतको प्रतिबन्धका कारण विश्व बजारलाई नै असर पर्न सक्ने रोयटर्सले जनाएको छ । विश्वभरबाट निर्यात हुने चामलको हिस्सा भारतको मात्र ४० प्रतिशतभन्दा बढी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार