सुनको मूल्य घट्यो

२०८० श्रावण ५, शुक्रबार

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको छ।

बिहीबार प्रति तोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर १ लाख १२ हजार ८ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार २ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। बिहीबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार