गलत मनसायले सुन तस्करीमा महराको नाम जोडियोः मन्त्री शर्मा

२०८० श्रावण ५, शुक्रबार

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुन तस्करी प्रकरणमा पूर्व सभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन् ।

शुक्रबार जनकपुरमा पुगेकी शर्माले सुन तस्करीमा महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत मनसायले आएका दाबी गरिन् । मन्त्री शर्माले मुलुकमा देखिएको हरेक प्रकारको बेथितिलाई समाप्त गर्न सरकार दृढ रहेको बताउँदै यही सरकारले नागरिकता समस्या समाधान गरेका बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार