सभापतिको विरोध गरेर कांग्रेस बलियो हुन सक्दैन : ज्ञानेन्द्रबहादुर कार्की

२०८० श्रावण ५, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले सभापतिको विरोध गरेर पार्टी बलियो बनाउन नसकिने बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले सभापतिलाई कमजोर बनाएर कसैले पनि पार्टीलाई बनाउँछु भनेर सोच्नु गलत हुने बताए ।

नेता कार्कीले पार्टीका कोही पनि नेता कार्यकर्ताले बाटो बिराउन नहुने बताए । ‘अहिलेको आवश्यकता के हो ? हामीले बुझ्न सक्नुपर्छ,’ उनले भने, ‘यो पार्टीको संसदीय दलको नेता बदल्ने बेला होइन, सभापति बदल्ने बेला पनि होइन । यो सम्भव पनि छैन । उचित पनि छैन ।’

उनले यदि कसैले त्यस्तो उदेश्य राखेको भए तत्कालै त्यसलाई त्यागेर पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढ्नुपर्ने बताए । ‘कांग्रेसको सभापति भनेको व्यक्ति होइन, संस्था हो । कांग्रेसको सभापतिलाई कमजोर पारेर पार्टी बलियो हुन सक्दैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार