धौलिगंगा बाँध खोलियो, सतर्कता अपनाउन आग्रह

२०८० श्रावण ६, शनिबार

काठमाडौं : भारतको धौलिगंगा बाँध पुनः खोलिएको र महाकाली नदीमा जलस्तर बढ्नसक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले सुझाव दिएको छ।

बाँध शनिबार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्मका लागि खोलिएको सतर्कता अपनाउन  बैतडी प्रशासनले आग्रह गरेको हो।भारतको उत्तराखण्डमा पर्ने धौलीगङ्गा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको हो।

सो समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शङ्करबहादुर बोहराले बताए। यसअघि गत असार २६ गते परियोजनाको बाँध खोलिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार