
काठमाडाैं : जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहले सात घरमा आगको लगाइदिएका छन्। गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए।
उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगजनी भएको हो। धिता र देपाल गाउँमा पनि यस्तो घटना भएको बताइएको छ।अज्ञात समूहले सडकमा रोकिराखिएको ट्र्याक्टरमा समेत आगो लगाएको छ। सबैभन्दा धेरै बाउली गाउँका कविदत्तको घरमा क्षति भएको वडाध्यक्ष न्यौपानेले बताए।
आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन्। आगो लगाइएको कुरा थाहा पाउने बित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाएको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए।
‘के कति क्षति भएको छ भन्ने विवरण सङ्कलन भइरहेको छ,’ उनले भने।
प्रहरीलाई घटनाको जानकारी गए राति ११ बजेतिर आएको थियो । आगजनीबाट घरमा आंशिक क्षति भएका छन्