भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

२०८० श्रावण ६, शनिबार

काठमाडौं : भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार दिउँसो भक्तपुर नगरपालिका-८ च्यामासिंहस्थित निर्माणाधिन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो।

सूर्यबिनायक नगरपालिका-६ सूर्यबिनायक बस्ने ३० वर्षीय सरोज त्वयनाको मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार