डडेल्धुरामा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु

२०८० श्रावण ६, शनिबार

धनगढी : डडेल्धुरामा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका– २ स्थित नवनिर्मित भवनमा काम गर्ने बर्दीयाकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा बर्दियाको बारबर्दिया गाउँपालिका–७ बस्ने ५० वर्षीया रामदुलारी थारु छिन्। जंगली च्याउ खाएर बिरामी परेकी उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार