भाजपाको निमन्त्रणामा माओवादीका नेताहरू आज दिल्ली जाँदै

२०८० श्रावण ७, आईतवार

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेताहरू आज भारत भ्रमणमा जाँदै छन् । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी नेताहरू भारत भ्रमणमा जान लागेका हुन् ।

माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालको नेतृत्वमा पाँच सदस्य टोली ६ दिने भारत भ्रमणमा आज निस्कन लागेको हो । माओवादी केन्द्रका अनुसार भुसालको नेतृत्वमा जाने पाँच सदस्य टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहनेछन् ।

भाजपाले संसारभरीका पार्टीहरूसँग सबन्ध विस्तार गर्ने योजना अन्तर्गत माओवादी केन्द्रलाई औपचारिक रूपमा निम्तो दिएको हो । भारत भ्रमणको क्रममा माओवादी नेताहरूले नयाँदिल्लीस्थित भाजपाको मुख्यालयको अवलोकन तथा भाजपा पार्टीका बारेमा जानकारी लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार