हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघको अध्यक्षमा खड्का निर्वाचित

२०८० श्रावण ७, आईतवार

काठमाडौं : हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारी संघको अध्यक्षमा हरि बहादुर खड्का निर्विरोध चयन भएका छन् । संघको विशेष अधिवेशनबाट खड्का अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनले २१ सदस्यीय संघ गठन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा रुद्र तामाङ, उपाध्यक्षमा उमेश खत्री, उपाध्यक्षमा सेवक राय, महासचिवमा उद्धव विडारी, सचिव दिपक रेग्मी, कोषाध्यक्ष सुभाष पौडल र सह-कोषाध्यक्षमा देवकी कार्की चयन भएका छन् ।

हिमालयन लाइफ साविकको युनियन, गुराँस र प्राइम लाइफ एक आपसमा गाभिएर बनेको कम्पनी हो । यी तीन कम्पनीले गत बैशाख २६ गतेदेखि एकीकृत कारोबार थालनी गरेका हुन् । मर्जपछि नै कर्मचारीहरुले संघ गठन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार