विदेश बस्ने नेपालीले पुरानालाई होइन, नयाँ पार्टीलाई भोट दिने हो भन्छन्: विनोद चौधरी

२०८० श्रावण ७, आईतवार

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले विदेशमा बस्ने नेपालीहरूले चुनावमा नयाँ पार्टीलाई भोट दिन प्रेरित गरिरहेको बताएका छन्। आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै चौधरीले कांग्रेसले फेरि एकपटक आफूलाई रूपान्तरण गरेर अघि बढ्ने बेला आएको बताए।

‘विदेशमा भएका ५० औं लाख नेपाली युवाहरूले पुराना पार्टीका गतिविधिका कारण हामीहरू विदेशिन बाध्य भयौं। ती पार्टीलाई भोट दिने होइन नयाँ पार्टीलाई दिने हो भन्छन्,’ उनले भने। उनले विदेशमा रहेका नेपालीका विषय समाधान गर्न पनि कांग्रेसले भूमिका खेल्नुपर्ने बताए।

‘जनताले रोजगारी चाहेका छन्,’ उनले भने, ‘कांग्रेस यसका लागि सक्षम छ भन्ने सन्देश जानुपर्ने अवस्था छ।’ उनले पार्टी ठूलो बनाएकोमा सभापति शेरबहादुर देउवालाई धन्यवाद पनि दिए। ‘गठबन्धन र पार्टीलाई चुनौतीका बेला पनि सुझबुझपूर्ण ढंगले अगाडि बढाउनुभयो,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार