सामाखुसीको नालामा खसेर बालक बेपत्ता

२०८० श्रावण ७, आईतवार

काठमाडौं : काठमाडौंको सामाखुसीको नालामा खसेर एक जना बालक बेपत्ता भएका छन्। 

सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले जानकारी दिए। 

आइतबार अपराह्न साढे ४ बजे घरबाट फुटबल खेल्न भनेर साजन र अर्का एक जना बालक निस्किएका थिए। नालामाथि स्ल्याबहरू राखिएको भए पनि जहाँ स्ल्याब थिएन, त्यही ठाउँबाट बालक खसेको प्रहरीले जनाएको छ। 

‘खेल्न भनेर निस्किएका थिए,’ डिएसपी अधिकारीले भने, ‘पानी ठूलो परेकाले भेल आएको थियो। त्यही नालाको खाल्डोमा परेर बगायो। प्रहरीको विपद व्यवस्थापन लगायत विभिन्न निकायको टोलीले खोजी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार