खोटाङका प्रजिअ खतिवडासहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा

२०८० श्रावण ७, आईतवार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

ओखलढुंगाको सिद्धिचरण नगरपाकिलामा प्रमुख प्रशासकीय अधिकृत भएर कार्यरहत हुँदा उक्त नगरको १० नम्बर वडामा विद्यत्को पोल, तार र ट्रान्समिटर खरिद योजनामा भएको भ्रष्टाचारमा उनी संलग्न रहेको भन्दै अख्तियारले मुद्दा हालेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा भएको उक्त खरिद योजनमा भ्रष्टाचारमा संलग्न रहेको भन्दै उनीसहित नेपाल विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, सिद्धिचरण वडा नं. १० का तत्कालीन वडाध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिल कुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको आयोगका प्रवक्ता भोला दाहालले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार