बाढीले बगाएर सामाखुसीमा बालक बेपत्ता

२०८० श्रावण ८, सोमबार

काठमाडौं : आइतबार साँझ परेको वर्षाले ल्याएको बाढीले बगाउँदा काठमाडौंको रानीबारीमा एक बालक बेपत्ता भएका छन् । सामाखुसी खोलामा बाढी आउँदा बालकलाई बगाएको हो ।

खेल्ने क्रममा बाढी आउँदा बालकलाई बगाएको प्रहरीले जनाएको छ । बगाएका बालकको पहिचान प्रस्ट भइसकेको छैन । स्थानीय १३ वर्षीय साजन मगर पनि हराइरहेकाले उनलाई बगाएको आशंका गरिएको छ । तर, बाढीले बगाएका व्यक्तिको पहिचान यकिन हुन नसकेको प्रहरीवृत्त महाराजगन्जका डिएसपी अंगुर जिसीले बताए ।

बेलुका अबेरसम्म विपद् व्यवस्थापन महाशाखाका तालिमप्राप्त प्रहरीसहितको टोलीले खोजी गरे पनि बालक भेटिएका छैनन् । आइतबारको वर्षाले उपत्यकाका खोलाहरूमा बाढी आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार