पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

२०८० श्रावण ८, सोमबार

बैतडी : पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्यु भएको हो। पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन्। पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार