आज फेरी घट्यो सुनको मूल्य

२०८० श्रावण ८, सोमबार

काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार