श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

२०८० श्रावण ८, सोमबार

सप्तरी : घरायसी विवादमा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू बीच घरायसी वादविवादको कारण झैँ-झगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हनुमान नगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार