नेपाल लिग- २ को पाँचौं स्थानमा उक्लियो, सोझै विश्वकप छनोट खेल्ने सम्भावना जीवित

२०७९ फाल्गुन २३, मंगलवार ०८:५१ बजे

काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत आज सम्पन्न त्रिदेशीय एकदिवसीय श्रृंखलामा यूएईलाई ४२ रनले पराजित गर्दै नेपाल पाँचौं स्थानमा उक्लिएको छ ।

लिग- २ मा ३६ खेलमध्ये ३२ खेल खेलिसकेको नेपालले बिहीबारदेखि घरेलु मैदानमा लिगको अन्तिम तथा निर्णायक श्रृंखला खेल्नेछ । घरेलु मैदानमा आयोजना हुने श्रृंखलामा नेपालले क्लिनस्विप गर्नसके ३६ खेलबाट ४० अंक बनाउनेछ ।

यदि नेपालले सो नतिजा निकाल्न सके नामिबियालाई पछि पार्दै शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्न पाउनेछ ।

नेपालको लक्ष्य विश्वकप छनोटभन्दा पनि एकदिवसीय मान्यता जोगाउने हो । शीर्ष पाँचमा रहेर एकदिवसीय मान्यता जोगाउन नेपालले ४ मध्ये दुई खेल जिते पुग्नेछ । अंक तालिकामा नेपालभन्दा अगाडि स्कटल्याण्ड, ओमान, नामिबिया र अमेरिका छन् । नेपाललाई यूएई र पीएनजीले पछ्याइरहेका छन् ।

नेपालले घरेलु मैदानमा हुने ४ वटै खेल जितेमा अमेरिका र नामिबियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिनेछ ।

यूएईमा नेपालले पहिलो खेलमा पीएनजीलाई ४ विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । दोस्रो खेलमा यूएईसँग पराजित भएको नेपालले तेस्रो खेलमा पीएनजीविरुद्ध तीन विकेटको नाटकीय जीत निकालेको थियो ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार