अंश मुद्दापछि निशाले भनिन्, ‘छोरा, श्रीमान् र म ठीक छौँ’

२०७९ फाल्गुन २३, मंगलवार १०:२६ बजे

काठमाडौँ : अभिनेत्री निशा अधिकारीले श्रीमान् सदर भेषवाकरविरुद्ध अंश मुद्दा दायर गरेको खबरबीच आफूहरु ठीकठाक रहेको बताएकी छन्। उनले फेसबुकमा लामो स्टाटस लेख्दै आफूहरु सुन्दर समय बाँचिरहेको बताएकी छन्।

निशाले अंश मुद्दा आफ्नो निजी मामिला भएको पनि उल्लेख गरेकी छन्। तर उनले पतिविरुद्ध अंश मुद्दा हाल्नुको कारण खुलाएकी छैनन्। यो विषयलाई करुणा र परिपक्वताका साथ सुल्झाउने निशाले बताएकी छन्।

निशा अधिकारीले मुद्दा हालेपछि अदालतले माग्यो शरद भेषवाकरको सम्पत्ति विवरण
उनले लेखेकी छन्, ‘म न त लुकाउन सक्छु, न त धेरै व्याख्या गर्न जान्दछु। यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्व र करुणाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौँ।’

क्रिकेटर शरद भेषावकरसँग प्रेम विवाह गरेकी निशाले एक छोरा जन्माएकी छन्। निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी छन्। उनले अंश मुद्दामा नाबालक छोरालाई समेत अंश माग गरेकी छन्।

सम्बन्धमा दरार आएको हल्लाबीच पनि निशाले सम्बन्ध विच्छेदको मुद्दा भने दिएकी छैनन्। उनले स्टाटसको अन्त्यमा आफू, शरद र छोरा राम्रो भएको उल्लेख गरेकी छन्। तर यो स्टाटसमा उनले आफ्नो सिंगल फोटो राखेकी छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार