
काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले घटेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले घटेर १ लाख २ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ७५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १ हजार २ सय ६५ रूपैयाँ कायम भएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।