
काठमाडौं : सुन्दरहरैँचा-मोरङको सुन्दरहरैँचा–१० निवासी एक वृद्ध दम्पतीको एक दिनको फरकमा नि’धन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ । विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा पदमबहादुर बुढाथोकीको निधन भएको थियो ।
त्यसको भोलिपल्ट ७९ वर्षको उमेरमा पत्नी शिवमाया बुढाथोकीको निधन भएको हो । पदमबहादुरको शवयात्रा बेलबारीको लोहान्द्रा खोलामा पुगेर अन्तिम दाहसंस्कारका लागि तयारी गर्दा बेहोस भएर श्रीमती शिवमायाको निधन भएको स्थानीय शिक्षासेवी अर्जुन बस्नेतले जानकारी दिनुभयो ।
उहाँले बुढाथोकी दम्पतीको एउटै समय तथा एकै चिता र घाटमा अन्त्येष्टि गरिएको बताउनुभयो । विवाह गर्दा सँगै मर्ने तथा सँगै बाँच्ने वाचाकसम खाएका श्रीमान् श्रीमतीमा यस्तो निधनको संयोग विरलै मात्र हुने स्थानीयवासीले बताएका छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।