१४.४१ अंकले बढ्यो नेप्से

२०७९ फाल्गुन २३, मंगलवार १५:१४ बजे

काठमाडौँ : साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ। मंगलबार नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर ३७०.२४ बिन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा साल्ट ट्रेडिंग अग्रिम स्थानमा छ। यसको आज १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालयन डिस्टिलरी र छिमेक लघुवित्तको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक घटेको छ भने बाँकी सबै उपसुचक बढेको छ। आजको कारोबारमा सुपरमाई हाइड्रोपावर र युनिक नेपाल लघुवित्तका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सिमिलिंग पावर र आदर्श लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार