सरकार र पार्टीले अदालतलाई धम्क्याउन बन्द गरुन् : ज्ञानेन्द्रबहादुर शाही

२०७९ फाल्गुन २३, मंगलवार १६:०७ बजे

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले अदालतलाई निष्पक्षरूपमा काम गर्न दिनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालमाथि दायर भएको मुद्दा र त्यसमा सरकार तथा पूर्वमाओवादी नेताहरूको प्रतिक्रियाका सन्दर्भमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

कानूनी प्रक्रियामा आएका मुद्दाहरू अदालतले दर्ता गर्नु उसको कर्तव्य हुने शाहीको भनाइ छ ।

‘पार्टीका नेता र सरकारले अदालतलाई धम्काउने काम कसरी विधिको शासन हुन सक्छ ? यस्ता अनैतिक क्रियाकलाप तत्काल बन्द गरियोस्,’ उनले फेसबुकमा लेखेका छन् ।

विधिको शासन चाहिन्छ भनेर नै हिजो नेपाल आमाका सपुतहरूले अकालमै ज्यान गुमाएको उनको भनाइ छ । अदालतलाई धम्काउनु भनेको राष्ट्रको लागि बलिदान दिने शहीदहरूको अपमान गर्नु भएको उनले उल्लेख गरेका छन् ।

‘अदालतलाई धम्काउनेलाई अब जनताले र यो राष्ट्रले माफी दिन्छ जस्तो लाग्दैन, समय बलवान् हुन्छ सत्यको ढिलो हुन्छ तर विजय निश्चित छ,’ शाहीले लेखेका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार