इमरान खानलाई पक्राउ गर्न प्रहरी असफल

२०७९ फाल्गुन २३, मंगलवार १९:४७ बजे

लाहौर : पाकिस्तानको इस्लामावाद प्रहरीले पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफ पार्टीका नेता इमरान खानलाई लाहोरस्थित जमान पार्क निवासबाट आइतबार पक्राउ गर्न असफल भएको छ ।

जमान पार्क पुग्नुअघि इस्लामाबाद प्रहरीले ट्विटरमा इमरान खान विरुद्ध गैर जमानती वारेन्ट जारी भएको र प्रहरीको टोली उनलाई पक्राउ गर्न लाहोर पुगेको जानकारी दिएको थियो । योसँगै इस्लामावाद प्रहरीले आफ्नो काममा हस्तक्षेप गर्नेलाई कडा कारबाही पनि गरिने उल्लेख थियो । 

तर यी सबै प्रयासपछि पनि इस्लामाबाद प्रहरीसले इमरान खानलाई पक्राउ गर्न सकेन । उनीहरुले इमरान खानका समर्थकहरूको विरोधको सामना गर्नुपरेको थियो।  यता, इस्लामावादको तल्लो अदालतले इमरान खानको गैरजमानती गिरफ्तारी वारेन्ट खारेज गर्ने निवेदन खारेज गरेको छ। सत्र न्यायाधीश जफर इकबालले तोशाखाना मुद्दामा इमरान खानको लागि गैर जमानती पक्राउ वारेन्ट जारी गरेका छन्। यस्तो अवस्थामा उनलाई मार्च ७ मा पेश गरिने अपेक्षा गरिएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार