भोलि (बुधबार) सम्म काठमाडौँ आइपुग्न सबै सांसदलाई ८ दलको निर्देशन

२०७९ फाल्गुन २३, मंगलवार १९:४७ बजे

काठमाडौँ : आठ दलीय गठबन्धनले बुधबार अर्थात् भोलिसम्म काठमाडौँ आइपुग्न सबै सांसदलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको ८ दलको बैठकले सबै सांसदलाई राष्ट्रपतिमा रामचन्द्र पौडेललाई भोट हाल्न अघिल्लो दिनसम्ममा काठमाडौँ आउन निर्देशन दिएको हो ।

बिहीबार २५ फागुनमा राष्ट्रपतिको निर्वाचन तय भएको छ । निर्वाचनमा लागि ९ दलको साझा उम्मेदवारका रुपमा रामचन्द्र पौडेल रहेका छन् भने नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार