धुवाँले छोपियो न्युयोर्क शहर, मास्क लगाएर मात्र बाहिर निस्कन अनुरोध

२०८० जेष्ठ २५, बिहीबार

काठमाडौँ : क्यानडाको क्युबेक र अन्टेरियोमा लागेको डढेलोले गर्दा अमेरिकाको न्युयोर्क शहर धुवाँले ढाकिएको छ। उत्तर अमेरिकाका दशौँ लाख मानिस वायु प्रदषणको शिकार भएपछि मास्क लगाएर मात्र बाहिर निस्कन आह्वान गरिएको छ। न्युयोर्कमा हिजोदेखि निःशुल्क एन–नाइन्टी फाइभ मास्क वितरणसमेत सुरु गरिसकेको जनाएको छ।

खतरनाक रूपमा धुवाँयुक्त अवस्था सप्ताहन्तसम्म जारी रहने अधिकारीहरूले जानकारी दिएका छन्। क्यानडाका जंगलमा केही दिनदेखि लागेको डढेलोले अहिलेसम्म ३८ लाख हेक्टर वन सखाप भएको छ। डढेलो निभाउन अमेरिकाले ६ सयभन्दा बढी अग्निनियन्त्रक क्यानडा पठाइएको छ।

आगलागी नियन्त्रणका लागि अमेरिकी सरकारले क्यानडाको केन्द्रिय सरकारलाई पनि बढी पहल गर्न अनुरोध गरिरहेको छ। अधिकारीहरुका अनुसार न्यूयोर्कमा झण्डै १५ हजार मानिस विस्थापित भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार