शीर्ष नेताको बैठकको साक्षी बस्दा बदनामी मात्रै भयो : रवि लामिछाने

२०८० भाद्र ५, मंगलवार

काठमाडाैं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताको बैठकको साक्षी बस्नुले बदनामीमात्रै हुने बताएका छन् । उच्चस्तरीय समिति गठनलाई अन्तिम रुप दिने दाबी गरिएको बैठक मंगलवार नबसेपछि लामिछानेले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । 

‘आज प्रमुख दलका शीर्ष नेताको बैठक बस्ने भनिएको थियो । तर केपी ओलीजी अस्वस्थ भएर आउनुभएन’ लामिछानेले भने, ‘शीर्ष नेताको बैठकको साक्षी बस्नु बदनाम मात्रै हुनु हो ।’दलको बैठक बुधवार ११ बजेलाई सारिएपछि रास्वपाले सहभागिता नजनाउने संकेत उनले गरे । 

‘भोलिको बैठक सहभागी हुने वा नहुनेबारे सल्लाह गर्छौ । किनकि हिजो राति सहमति भइसकेको सानो कुरालाई लम्बेतान गर्न जरुरी थिएन’ रविले भने, ‘यसैले प्रमुख दलसँग साक्षीमात्रै बस्ने कुरा अब उचित हुँदैन ।’​

सोमवार मध्यराति संसद्‌मा प्रतिनिधित्व गर्ने दलको बैठकले सुन काण्डसहितका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो । तर कार्यदलले ड्राफ्ट बनाएर बुझाए पनि मुख्य दलको बैठक मंगलवार नबसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार