सशस्त्र प्रहरीका ८४ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

२०८० भाद्र ५, मंगलवार

काठमाडौँ : सशस्त्र प्रहरी बलका ८४ जना इन्स्पेक्टरलाई नायब उपरीक्षक (डीएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बढुवा समितिले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा बावुराम थापा छन् । डिएसपीमा बढुवा सिफारिस भएका अधिकृतहरु २०६४ सालमा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएका थिए । सेवा प्रवेश गरेको १७ औं वर्षमा उनीहरू बढुवा सिफारिस भएका हुन् । बढुवा सूचि अनुसार २०६७ मा भर्ना भएका इन्स्पेक्टरहरु पनि बढुवा सिफारिस भएका छन् । 

पछिल्लो बढुवा सिफारिसले १७ वर्षदेखि जाम भएको बढुवा सुचारु भएको सशस्त्र प्रहरीका अधिकारीहरु बताउँछन् ।

https://drive.google.com/file/d/11NqGw-4tfvb9zl-L5aFV3J6lJucRB5gy/view

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार