सिटिजन लाइफ इन्स्योरेन्सले भदौ १५ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

२०८० भाद्र ६, बुधबार

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणलाई ९० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २४४ रुपैयाँमा सेयर निष्काशन गर्नेछ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले कम्पनीको आईपीओमा छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीले यस अघि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि रहेको छ । आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड पुग्ने छ । कम्पनीमा संस्थापकहरुले २ अर्ब ६२ करोड ५० लाख लगानी गरेका छन् । कम्पनीले कुल पुँजीको ३० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार