जिम्बावेका पूर्व क्रिकेटर हिथ स्ट्रिकको निधन

२०८० भाद्र ६, बुधबार

काठमाडौं : जिम्बावे क्रिकेट टिमका पूर्व कप्तान हिथ स्ट्रिकको निधन भएको छ। ४९ वर्षीय अल राउन्डर स्ट्रिक लामो समयदेखि क्यान्सरसँग जुधिरहेका थिए। उनको उपचार साउथ अफ्रिकामा भइरहेको थियो।

उनले जिम्बावेका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा ६५ टेस्ट र १८९ एकदिवसीय म्याच खेलेका थिए। उनले टेस्ट क्रिकेटमा कुल २१६ विकेट लिएका छन्।

उनले ५० ओभरको फर्म्याटमा २९.८२ को औसतले २३९ विकेट लिएका छन्। टेस्ट क्रिकेटमा १९९० रन बनाएका स्ट्रिकले एकदिवसीय क्रिकेटमा २९४३ रन बनाएका छन्। यस्तै टेस्टमा १ सतक र ११ अर्धसतक बनाएका स्ट्रिकले एक दिवसीय क्रिकेटमा १३ अर्धसतक बनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार